+
+
Shares

एमालेको समीक्षा– देशमा राज्य आतंकको बर्बरता छ

‘आज देशमा राज्य आतंकको बर्बरता छ । कानुनी राज्य, विधिको शासनको बर्खिलापमा छ । सरकारको कार्यशैलीको विरुद्धमा नेकपा एमाले दृढतापूर्वक प्रस्तुत हुने निर्णय भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:०३

९ असार, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अग्रसर भएको समीक्षा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा देशमा राज्य आतंकको बर्बरता भएको निष्कर्ष निकालेको हो ।

‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ । अधिनायकवादी बाटोमा छ । संविधान लोकतन्त्र र राष्ट्रको विरुद्धमा छ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले भने, ‘आज देशमा राज्य आतंकको बर्बरता छ । कानुनी राज्य, विधिको शासनको बर्खिलापमा छ । सरकारको कार्यशैलीको विरुद्धमा नेकपा एमाले दृढतापूर्वक प्रस्तुत हुने निर्णय भएको छ ।’

देशमा अहिले कुनै पनि तह र तप्काका मान्छे सुरक्षित महशुस गर्न नसकिरहेको उनले बताए । ‘जताततै त्राहिमामको स्थिति छ । त्यसविरुद्ध एमाले उभिन्छ,’ महरले भने ।

यस्तै अर्कातिर जनता महँगीको मारमा परिरहेको पनि एमालेले ठहर गरेको छ । ‘अर्कातिर महँगी आकाशिएको छ । पेट्रोलियम पदार्थ विदेशमा मूल्य घट्दा पनि नेपालमा बढाएको छ । यसले जनताको ढाड सेक्ने काम भएको छ । अबिलम्ब राज्य आतंक रोक्न र महँगी रोकेर जनतालाई सहुलियत दिएर संवैधानिक हक र मानव अधिकारको ख्याल राख्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?