+
+
Shares

विष्णु पौडेललाई पुलचोक प्रहरी प्रभागको हिरासतमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २२:४८

९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रहरी प्रभाग, पुलचोकको हिरासतमा राखिने भएको छ ।

सुर्खेतबाट हिजो (सोमबार) सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई आजै अदालत उपस्थित गराइएको थियो । विशेष अदालतले साँझ उनलाई थप ७ दिन हिरासतम राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो ।

लगत्तै, प्रहरीले उनको मेडिकल चेकजाँच गराएर हिरासतमा राखिएको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई विभागले सम्पत्तिको स्रोत र शंकास्पद सेयर कारोबारको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?