+
+
Shares

रास्वपा केन्द्रीय सदस्यमा धितालको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २३:२८

९ असार, काठमाडौं । पार्टीको पहिलो महाधिवेशनमा नेतृ क्रान्तिशिखा धितालले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा अहिले बन्द सत्रको कार्यतालिका सकिएर निर्वाचन प्रक्रिया अघि बढेको छ । केन्द्रीय सदस्य पदका लागि बुधबार बिहान ९ बजेबाट मतदान हुँदैछ ।

त्यसअघि अहिले आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका हुन् ।

यसैबीच धितालले आफ्नो उम्मेदवारी दर्ता गराउँदै आगामी दिनमा आफ्नो अनुभव र सिकाइलाई संगठनको हितमा अझ व्यवस्थित रूपमा लगानी गर्न चाहेको उल्लेख गरेकी छिन् ।

उनी प्रतिनिधिसभा सदस्य पनि हुन् । समानुपातिकतर्फबाट सांसद बनेकी उनले पार्टी अझ संगठित, जवाफदेही र जनमुखी बनोस् भन्ने मेरो ध्येय रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?