+
फिफा विश्वकप २०२६ :

मुनोजको गोलमा कोलम्बिया नकआउट चरणमा

२०८३ असार  १० गते ९:४३ २०८३ असार १० गते ९:४३

ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मद्तमा कोलम्बियाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

१० असार, काठमाडौं । ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मद्तमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ ।

समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो ।

दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ ।

पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबा६ १ अंकसहित तेस्रो स्थानमा छ ।

मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्‍यो ।

मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन ।

पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो ।

कोलम्बियाले खेल अवधिभर कूल १९ सट प्रहार गर्दा ९ सट अन टार्गेटमा थियो । जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले ८ बचाउ गरे ।

कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो ।

कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले मंगलबार राती उज्वेकिस्तानलाई ५-० ले हराएर पहिलो जित हात पारेको थियो । पवर्चुगललाई नकआउट चरण पुग्न कोलम्बिया विरुद्ध बराबरी नै पर्याप्त हुनेछ ।

यस्ते क्गोले अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ । उक्त खेलमा जित हात पारेमा कंगोको पनि उत्कृष्ट तेस्रो टिममा रहेनर नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय