+
फिफा विश्वकप २०२६ :

समूह ‘बी’: नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया

२०८३ असार  १० गते १५:१८ २०८३ असार १० गते १५:१८

यो दुई खेलले नकआउटमा पुग्ने र विश्वकपको यात्रा सकिने टोलीको टुंगो लाग्नेछ ।

१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आजदेखि समूह चरणका अन्तिम राउन्डका खेलहरु सुरु हुँदैछन् । अन्तिम राउन्ड खेल हुँदा एउटा समूहको खेल एकै पटक सुरु हुनेछन् । पहिलो खेल समूह ‘बी’ का हुने तालिका छ ।  भ्यानकुभरको बिसी प्लेस स्टेडियममा राति पौने एक बजे स्विट्जरल्यान्ड र क्यानडाबिचको खेल हुनेछ ।

सोही समयमा सिएटल स्टेडियममा कतार र बोस्निया एन्ड हर्जगोभिया भिड्नेछन् । यो दुई खेलले नकआउटमा पुग्ने र विश्वकपको यात्रा सकिने टोलीहरुको टुंगो लाग्नेछ ।

उक्त समूहबाट हालसम्म कुनै पनि टोलीको नकआउट पुगिसकेका छैनन् । दुई खेलले चार टोलीको भविष्य निर्धारण गर्नेछ । समान दुई खेल खेलेका क्यानडा र स्विट्जरल्यान्डले एकमा जित र एकमा बराबरीसहित समान ४ अंक जोडेका छन् । दुई खेल नै खेलेका कतार र बोस्निया एन्ड हर्जगोभिया एक खेल बराबरी र एक खेल हारसहित समान एक अंक जोडेका छन् ।

क्यानडाले कतारलाई ६–० ले पराजित गर्दा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेल्यो । कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्यान्ड बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्‍यो ।

क्यानडा र स्विट्जरल्यान्ड दुवै टोली नकआउट नजिक पुग्दा कतार र बोस्निया एन्ड हर्जगोभियाको सम्भावना भने कमजोर छ । राति हुने क्यानडा र स्विट्जरल्यान्डबिचको खेलमा जित निकाल्ने टोली समूह विजेता बन्दै सिधै नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित हुने टोलीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै हुनेछ । बराबरीमा भएमा दुवै टोली नकआउटमा प्रवेश गर्नेछन् ।

सोही समूहको अर्काे खेलमा जितविहीन रहेका कतार र बोस्निया एन्ड हर्जगोभिया भिड्दैछ। टप–२ मा रहेर नकआउट पुग्ने झिनो सम्भावना कायम राख्न दुवै टोलीलाई जितको आवश्यक छ । यो खेलमा पराजित हुने टोली स्वत बाहिरिनेछ । जित निकाल्ने टोलीको भने नकआउट पुग्ने सम्भावना कायमै रहनेछ ।

इतिहास रच्ने संघारमा सह–आयोजक क्यानडा

सह–आयोजक क्यानडाले फिफा विश्वकपको इतिहासमा अहिलेसम्म कहिल्यै पनि नकआउट चरणको यात्रा तय गर्न सकेको छैन । तर, घरेलु मैदानमा स्विट्जरल्यान्डविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा जित वा बराबरीको नतिजा निकाल्दै क्यानडाले सुखद इतिहास रच्न सक्छ ।

आफ्नो पहिलो खेलमा बोस्निया–हर्जगोभिनासँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको सह–आयोजक क्यानडाले दोस्रो खेलमा कतारमाथि ६–० को शानदार जित दर्ता गर्दै आफूलाई इतिहासको संघारमा पुर्‍याएको छ । तर स्विट्जरल्यान्डलाई हराउन क्यानडालाई सहज हुने छैन ।

विगतका लगातार तीनवटा विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको स्विट्जरल्यान्ड २०२६ मा पनि सोही सफलता दोहोर्‍याउन निकै नजिक छ । कतारसँग १–१ को बराबरी र बोस्निया एन्ड हर्जगोभिनामाथि ४–१ को जित निकालेको स्विट्जरल्या्नड पनि उक्त खेलमा जित वा बराबरीको नतिजा निकाल्दै अर्को चरणमा प्रवेश गर्न चाहन्छ ।

यदि खेलमा हार व्यहोर्नु परे पनि अन्य खेलको अनुकूल नतिजाका आधारमा दुवै टोली अगाडि बढ्न सक्ने सम्भावना जीवितै छ । यो टोलीहरु २४ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००२ मा भएको एकमात्र भेटमा क्यानडाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।

पहिलोपटक नकआउट चरण पुग्ने दाउमा

समूह ‘बी’ अन्तर्गको खेलमा जितविहीन रहेका बोस्निया एन्ड हर्जगोभिना र कतार भिड्दैछन् । पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन् । फिफा विश्वकपमा यी दुई राष्ट्रहरू यसअघि कहिल्यै एकआपसमा खेलेका छैनन् ।

बोस्निया एन्ड हर्जगोभिनाले आफ्नो पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । तर, दोस्रो खेलमा स्विट्जरल्यान्डसँग अन्तिम समयमा सम्हालिन नसक्दा ४–१ को हार ब्यहोर्नु पर्‍यो ।

CAN, WM FIFA 2026, Vorrunde, Kanada vs Bosnien-Herzegowina / 12.06.2026, Toronto Stadium, Toronto, CAN, WM FIFA 2026, Vorrunde, Kanada vs Bosnien-Herzegowina, im Bild Ismael Kone Kanada, Tarik Muharemovic Bosnien *** CAN, World Cup FIFA 2026, preliminary round, Canada vs Bosnia and Herzegovina 12 06 2026, Toronto Stadium, Toronto, CAN, World Cup FIFA 2026, preliminary round, Canada vs Bosnia and Herzegovina, in the picture Ismael Kone Canada , Tarik Muharemovic Bosnia nordphotoxGmbHx/xBratic nph00250

कतारले सुरुवातमा स्विट्जरल्यान्डलाई अन्तिम समयमा गोल गर्दै १–१ को बराबरीमा रोकेको थियो । तर, दोस्रो खेलमा क्यानडासँग ६–० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । विश्वकपमा  आफ्नो यात्रा जीवित राख्न दुवै टोलीले जित हासिल गर्नुको विकल्प छैन । र समूहको अर्को खेलको नतिजा पनि आफ्नो अनुकूल आउनुपर्नेछ । विजेता हुने टोलीसँग तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्ने अवसर पनि रहनेछ ।

दुवै टोलीले दोस्रोपटक विश्वकप खेलेका हुन् । सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको बोस्निया एन्ड हर्जगोभिना समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२२ आयोजक भएर विश्वकप खेलेको कतार पनि समूह चरणबाटै बाहिरिएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय