अहिलेको लिचीको समय छ । रसिलो र गुलियो लिची बालबालिका र वयस्कहरूसम्मका लागि लोकप्रिय छ । लिची सेवन गर्दा हुने फाइदा पनि धेरै छन् ।
लिची खानुका फाइदाहर
लिचीमा प्रशस्त भिटामिन सी हुन्छ । जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । यसबाहेक यसमा फाइबर, पोटासियम, आल्मुनियम र धेरै प्राकृतिक एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले छाला, मुटु र आम स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
वैज्ञानिकहरूका अनुसार, लिचीमा रहेको भिटामिन सीले शरीरका लागि कोलाजेन उत्पादन गर्न मद्दत गर्दछ । कोलाजेन एक प्रोटिन हो जसले छाला, हड्डी र रक्तनलीहरूलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
लिचीमा रहेको फाइबरले पाचन प्रणाली सुधार गर्न मद्दत गर्दछ । फाइबरले आन्द्राको समस्यालाई शान्त पार्छ र कब्जियतबाट राहत दिन्छ । पोटासियम मुटु र रक्तचापका लागि फाइदाजनक मानिन्छ, किनकि यसले शरीरमा तरल पदार्थ सन्तुलन कायम राख्न मद्दत गर्छ ।
लिची कुन अवस्थामा हानिकारक हुन्छ ?
काँचो वा कम पाकेको लिचीमा हाइपोग्लाइसिन ए र मिथिलिन साइक्लोप्रोपाइल ग्लाइसिन सहित केही प्राकृतिक रसायनहरू हुन्छन् भन्ने कुरा अनुसन्धानले पत्ता लगाएको छ । तर यिनले खास ठूलो समस्या निम्त्याउँदैनन् ।
तर यदि खाली पेट भएको अवस्था हो भने तिनीहरूको प्रभाव कहिलेकाहीं गम्भीर हुन सक्छ ।
किन यस्तो हुन्छ ?
लिचीको सेवनले रगतमा ग्लुकोजको मात्रा एक्कासी घटाउँछ । जब रगतमा चिनीको मात्रा धेरै कम हुन्छ, तब मस्तिष्क सबैभन्दा बढी प्रभावित हुन्छ । मस्तिष्क मुख्यतया ऊर्जाका लागि ग्लुकोजमा निर्भर गर्दछ । यदि कुनै व्यक्तिले पर्याप्त ग्लुकोज पाएन भने, उनीहरूलाई कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेहोस् हुने वा हृदयघात हुने जस्ता समस्या पनि हुनसक्छ ।
लिची खानुअघि के कुरामा ध्यान दिने ?
सामान्य अवस्थामा स्वस्थ व्यक्तिले लिची खाँदा कुनै फरक पर्दैन । तर यति खाली पेट छ वा कुपोषणको अवस्था छ भने लिची खानु हुँदैन । यदि यस्तो अवस्थामा खानै परे पनि एक–दुईवटा मात्रै खानुपर्छ ।
प्रतिक्रिया 4