११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा हाइटीविरुद्ध मोरक्कोले अग्रता लिएको छ ।
१० मिनेटमै आत्मघाती गोल खाएर पछि परेको मोरक्को ७८ औं मिनेटमा पुगेर पहिलो पटक अग्रता लिन सफल भएको हो ।
यसअघि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याएका थिए ।
त्यसको चार मिनेटपछि नै ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्याए ।
त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल २–२ बराबरीमा ल्याएका थिए । त्यसपछि लामो समयपछि मोरक्कोले गोल गरेर खेल ३–२ को स्थितिमा ल्याइपुर्याएको छ ।
प्रतिक्रिया 4