+
+
Shares

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय भोट खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ८:२८

११ असार, चितवन । रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी छ । मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ ।

मतदान उद्योग संघको हलमा जारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज बिहान ८ बजेसम्म २ हजार १०० महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । ‘३८ सयदेखि ३९ सयसम्म महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान छ,’ उनले भने ।

रास्वपाका विदेशमा रहेका प्रतिनिधिहरुलाई भने उतैबाट मोबाइल एपबाट मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ ।

रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो । तर महाधिवेशन प्रतिनिधि टुंगो लगाउन नसक्दा बन्दसत्र भद्रगोल बनेको थियो । त्यसैले ९ गते सक्ने भनिएको महाधिवेशन लम्बिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?