+
फिफा विश्वकप :

समूह ‘ए’ मा मेक्सिकोको शतप्रतिशत जित

२०८३ असार  ११ गते ८:४४ २०८३ असार ११ गते ८:४४

मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ ।  

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत लिग चरणमा समूह ‘ए’को विजेता मेक्सिको बनेको छ । बिहीबार सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै मेक्सिकोले समूह विजेता बनेको हो ।

मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ । मेक्सिकोले समूह चरणमा तीनै खेल जितेको यो पहिलो पटक हो । समूह विजेता भने दोस्रो पटक बनेको छ । यसअघि सन् २००२ मा पनि समूह विजेता बनेको थियो ।

मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो ।

अर्को खेलमा दक्षिण कोरियासँग १–० गोल अन्तरले जित निकाल्दै दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय