+
फिफा विश्वकप २०२६ :

राउण्ड अफ ३२ मा क्यानडाले दक्षिण अफ्रिकासँग खेल्ने

२०८३ असार  ११ गते १०:०४ २०८३ असार ११ गते १०:०४

विश्वककपो खेलतालिका अनुसार राउण्ड अफ ३२ मा समूह ए को उपविजेता र समूह बी को उपविजेता खेल्ने तालिका छ ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले राउण्ड अफ ३२ मा दक्षिण अफ्रिकासँग खेल्ने भएको छ ।

दक्षिण कोरियालाई १-० ले पराजित गर्दे दक्षिण अफ्रिका समूह ए को उपविजेता बनेपछि राउण्ड अफ ३२ को यो खेलको टुङ्गो लागेको हो ।

विश्वककपो खेलतालिका अनुसार राउण्ड अफ ३२ मा समूह ए को उपविजेता र समूह बी को उपविजेता खेल्ने तालिका छ ।

सहआयोजक क्यानडा भने समूह बी को उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा पुगेको हो । क्यानडा समूह बी को पछिल्लो खेलमा स्विट्जरल्यान्डसँग २-१ ले पराजित भएपनि समूह उपविजेता बनेको हो ।

त्यसअघि क्यानडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने कतारलाई ६-० ले पराजित गरेको थियो ।

पहिलो पटक सहआयोजकको रुपमा विश्वकप आयोजना गरिरहेको क्यानडाले यस पटक घरेलु मैदानमा विश्वकपकै पहिलो जित हात पार्ने देखि नकआउट चरणसम्म पुगेर इतिहास रचेको छ ।

यस्तै दक्षिण अफ्रिका पनि पहिलो पटक समूह चरण पार्दै गर्दै नकआउट चरणमा पुगेको हो । समूह ए मा एक जित एक बराबरी र एक हारको नतिजासहित दक्षिण अफ्रिकाले ४ अंक जोडेको थियो ।

सन् २०१० मा आफैँले विश्वकप आयोजना गर्दा पछिल्लो पटक विश्वकप खेलेको दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्कँदा ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

क्यानडा र दक्षिण अफ्रिकाबीचको खेलको विजेता अन्तिम १६ मा मोरक्को र समूह एफको विजेता टिमबीचको विजेतासँग खेल्नेछ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय