+
फिफा विश्वकप :

कुरासाओलाई हराउँदै आइभरी कोस्ट पहिलो पटक नकआउट चरणमा

२०८३ असार  १२ गते ३:४७ २०८३ असार १२ गते ३:४७

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो ।

खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो समूहमा जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

आजको जितसँगै आइभरी कोस्टले पनि समान दुई जित र एक हारसहित ६ अंक जोडेपनि गोलअन्तरमा पछि परेर समूह उपविजेतामा सीमित बन्यो ।

आजकै अर्को खेलमा जर्मनीसँग जित निकालेको इक्वेडर एक हार एक बराबरी र एक जितसहित ४ अंक जोडेर अंक तालिकामा तेस्रो रह्यो । यद्यपि उत्कृष्ट तेस्रो टिम बनेर इक्वेडरले पनि नक आउट चरणको यात्रा सुरक्षित गरेको छ ।

कुरासाओ भने तीन खेलमा एक बराबर र दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय