+
फिफा विश्वकप २०२६ :

बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश

२०८३ असार  १२ गते ६:५० २०८३ असार १२ गते ६:५०

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

११ असार, काठमाडौं । बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे ।

जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स ७ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्दा ट्युनिसिया अंकविहिन बनेर विश्वकपबाट बाहिरियो । नेदरल्यान्ड्सले नकआउटमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग खेल्नेछ ।

जापान लगातार तेस्रो पटक नकआउट चरण प्रवेश गर्न सफल भयो । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको जापान सन् २०१८, २०२२ र यसपटक नकआउट चरणमा पुगेको हो ।

सन् २००२ र २०१० मा पनि नकआउट चरणमा पुगेको थियो । सन् १९५८ मा फाइनलमा पुगेको स्वीडेन सन् २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको स्वीडेन नकआउट चरणमा पुगेको हो ।

३ पटकको उपविजेता नेदरल्याण्ड्स भने लगातार नकआउट चरणबाट अगाडि बढ्दै आएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय