+
फिफा विश्वकप :

अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित, अघिल्ला दुई जितले बन्यो समुह ‘डी’को विजेता

२०८३ असार  १२ गते ९:५७ २०८३ असार १२ गते ९:५७

अमेरिकासँगको यो जितका बाबजुद टर्की भने विश्वकपबाट बाहिरिएको छ । उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो । 

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित समुहको अंक तालिकामा शीर्ष स्थानमा कायम रह्यो ।

अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीका लागि अन्तिम इन्जुरी समयको ८ औं (९०+८) मिनेटमा कान आयहानले गोल गर्दै जित निकालेका हुन् ।

यो खेलमा अमेरिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए ।

त्यसपछि खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यस्तै, ३१ औं मिनेटमा टर्कीका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए ।

अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् ।  तर, अन्तिम समयमा अमेरिकाले गोल रोक्न नसक्दा हार बेहोर्‍यो ।

अमेरिकासँगको यो जितका बाबजुद टर्की भने विश्वकपबाट बाहिरिएको छ । उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय