फाइल फोटो
१२ असार, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–३ स्कुलडाँडाका २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो ।
दुर्घटनामा फालेलुङ गाउँपालिका–१ ठाडे लसुनेका योगबहादुर जेबगू घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार पार्किङ गरी राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर मुखियाले चलाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4