१२ असार, काठमाडौं । रास्वपाको पदाधिकारी पदको निर्वाचनको तयारी भइरहेका बेला नेता–कार्यकर्ताहरु नाचगानमा व्यस्त छन् ।
दोहोरी गीत गाउन खप्पिस रमेश प्रसाईंले ‘तिमलाई टाढा मलाई नि टाढा…’ लयको गीत गाइरहेका छन् । उनलाई मादल बजाएर अन्यले साथ दिइरहेका छन् । गीत र मादलको तालमा सोबिता गौतम, हरि ढकाल र असीम शाह लगायत छमछमी नाचेका छन् ।
रमेशले पार्टी महाधिवेशन र आफनो पार्टीका नेता तथा उम्मेदवारका नाम जोड्दै गीत गाउँदा उनको वरिपरी जम्मा भएकाहरु थप हौसिदै साथ दिइरहेका छन् ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको महाधिवेशन आज पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक गरी सम्पन्न गर्ने तयारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4