+
+
Shares

रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १८:००

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ ।

केहीबेर अघि मतदान सकिएको छ । मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो  ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?