१२ असार, काठमाडौं । रास्वपाका नेता मनिष झा पार्टीको पहिलो महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका छन् ।
उनले आज सम्पन्न निर्वाचनमा उम्मेदवार बनेर गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफू निर्वाचन प्रक्रियामा सहभागी भएको बताएका छन् ।
त्यस्तै उनले नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अघि बढाएकोमा नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।
‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपा मा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु,’ उनले भनेका छन्, ‘महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु।’
उनले महामन्त्रीमा निर्वाचित विपिन आचार्यलाई बधाई दिँदै आफ्नो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने पनि बताएका छन् ।
‘मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आज देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु,’ उनले भने ।
प्रतिक्रिया 4