१३ असार, काठमाडौं । भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् ।
गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
अधिकारीहरूले राजधानीको उत्तरमा पर्ने ला गुआयरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । यो क्षेत्र देशका दुई प्रमुख बन्दरगाहमध्येमा पर्छ ।
यो क्षेत्रमा भेनेजुयलाको मुख्य विमानस्थल पनि पर्छ । सिमोन बोलीवार अन्तरराष्ट्रिय विमानस्थल यही क्षेत्रमा पर्ने माइकेतियामा अवस्थित छ । भूकम्पमा परी कयौं मानिसहरू अहिले पनि वेपत्ता छन् । उद्धार अभियान जजारी रहेका कारण मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4