+
+
Shares

आज यी २ मुख्य सडक पूर्णरुपमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते १०:५८
फाइल तस्वीर

१३ असार, काठमाडौं । आज प्रमुख दुई सडकहरु पूर्ण रुपमा अवरुद्ध छन् ।  काठमाडौं–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड मर्मतका बन्द गरिएको छ।

नेपाल प्रहरीले शनिबार सूचना जारी गर्दै उक्त सडकखण्ड अझै एक महिनासम्म बन्द हुने जनाएको छ ।

नेपाल प्रहरीले जारी गरेका सूचनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मीमा सडक मर्मतको काम भइरहेको बताएको छ ।

प्रहरीका अनुसार १५ जेठबाट उक्त सडकखण्डमा आवागमन बन्द भएको थियो ।

यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेलबेँसी खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीको जोखिम भएकोले रोक लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?