News Summary
Generated by OK AI. Editorially reviewed.- प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको आफैंले चलाएको जिप दुर्घटनामा परी निधन भएको छ ।
- स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा जिप सडकबाट छ सय मिटर तल खस्दा ५० वर्षीय राना मगरको घटनास्थलमै मृत्यु भएको हो ।
- योजना अनुगमनका क्रममा एक्लै गाडी चलाएर हिँडेका उपप्रमुख रानाको गाडीले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१३ असार, बुटवल । आफैंले चलाएको जिप दुर्घटना हुँदा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उमप्रमुख मीनराज राना मगरको मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको हो ।
शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।
उनी नगरपालिकाको योजना अनुगमन गर्न गएका थिए । दुर्घटनामा पुर्न अघि नगरपालिलाका कर्मचारी सँगै अनुगमनमा निस्किएका उनी कर्मचारीलाई छाडेर पुन: अर्को योजना अनुगमन गरी घर जाने गरी एक्लै गाडीमा सवार रहेको स्वर्गद्वारी नगरपालिकाका वडाध्यक्ष गिरबहादुर गुरुङले बताए ।
गुरुङका अनुसार उनको गाडीले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । जंगलमा पशुचौपाया चराउन आएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले उनलाई अचेत र गाडीले च्यापिएको अवस्थामा घटनास्थलबाट निकालेका थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक राना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4