News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ मा रूखबाट खसेर ९ वर्षीया बालिका प्रिन्सा रावतको मृत्यु भएको छ ।
- घर नजिकैको बारीमा घाँस काट्ने क्रममा रूखबाट खसेर घाइते भएकी बालिकाको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
- जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले घटनाबारे जानकारी दिएका छन् ।
१३ असार, बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले राससलाई जानकारी दिए ।
शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4