+
+
Shares

डोल्पाको सुलीगाड खोलामा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:३१

१४ असार, डोल्पा । डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला परेको छ ।

जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका-०८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अक्सर स्थानीयवासीले आइतबार बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीलाई सूचना प्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेपछि मात्रै शवको पहिचान खुल्ने र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?