+
+
Shares

पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको कराँचीस्थित रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ ।
  • सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी मारिएको र एकजनालाई घाइते अवस्थामा पक्राउ गरिएको जनाएको छ ।
  • शनिबार राति भएको उक्त आक्रमणको जिम्मेवारी अतिवादी संगठन जमात-उल-अहरारसँग सम्बन्धित समूहले लिएको छ ।

पाकिस्तानको कराँचीमा रहेको पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शनिबार राति भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ।

सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको बताएको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरले अपरेशनको क्रममा एक आक्रमणकारी, एक अफगानी नागरिक, घाइते अवस्थामा पक्राउ परेको बताएको छ।

शनिबार राति कराँचीको गुलिस्तान-ए-जोहर क्षेत्रमा रहेको रेन्जर्स कार्यालय नजिकै विस्फोट र गोलीबारी भएको थियो।

यो घटना गुलिस्तान-ए-जोहरको ब्लक ५ मा रहेको रेन्जर्स भवन नजिकै भएको प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

अतिवादी संगठन जमात-उल-अहरारसँग सम्बन्धित समूहले आक्रमणको जिम्मेवारी लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?