News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म 'अक्षरा'को पहिलो झलकसहितको पोस्टर सार्वजनिक गरिएको छ।
- विनयराज पौडेल निर्देशित यो फिल्ममा न्यान्सी खड्काका साथमा सुशील सिटौला, सुशील पोखरेललगायत कलाकारको अभिनय रहेको छ।
- क्षितिजबाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्म 'अक्षरा' आगामी २६ भदौदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म ‘१२ गाउँ’ व्यवसायिक हिट बनेपछि न्यान्सीले यो फिल्म गरेकी हुन् ।
प्रदर्शन तयारीमा रहेको फिल्मले न्यान्सीलाई फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको छ, जहाँ उनले निर्वाह गरेको चरित्र चित्रण देख्न सकिन्छ । विम्वपरक ढंगबाट तयार पारिएको यो पोस्टरले चरित्र चित्रण र मनोदशाबाट केही संकेत गर्छ ।
पात्रको शारीरिक हाउभाउ र अनुहारको भावले ऊ कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ । पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन् ।
विनयराज पौडेल निर्देशित फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिश्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी लगायतको अभिनय छ ।
सोनी थापाको प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद लेखन अभिमन्यु निरवीले गरेका हुन् । क्षितिजबाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
‘अक्षरा’ २६ भदौदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4