१४ असार, काठमाडौं । एक थिएटर नेपालमा बालनाटक स्याल सिंह मञ्च भइरहेको छ । १२ असारदेखि नेपाली पाठ्यक्रममा आधारित यो नाटक मञ्चन भइरहेको हो ।
तीर्थराज विश्वकर्माको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटक मनोरञ्चन र चेतनामूलक भएको बताइएको छ । त्यस्तै यो नाटकले मानवीय सम्बन्ध, सहअस्तित्व र सामाजिक संवेदनाको महत्वलाई देखाउने पनि बताइएको छ ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश काक्री र स्काई राईको अभिनय रहेको छ ।
नाटक २३ गतेसम्म मञ्चन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4