+
+
Shares

लोकतन्त्र सिध्याउने गरी २३ र २४ भदौमा प्रतिगामी षडयन्त्र भयो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा लोकतन्त्र सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको बताएका छन् ।
  • उनले वैधानिक सरकारलाई बलजफ्ती विस्थापित गरी अवैधानिक सरकार गठन हुनु लोकतान्त्रिक हुन नसक्ने उल्लेख गरे ।
  • सरकार बनाउने, अपदस्थ गर्ने र फेर्ने अधिकार संसद्को मात्र भएको ओलीले काठमाडौंको कार्यक्रममा बताएका छन् ।

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भएकव उनको भनाइ छ ।

वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्दै ओलीले २३ र २४ भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताए ।

सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै कार्य संसद्‍ले गर्ने भन्दै अध्यक्ष ओलीले वैधानिक संसद बलजफती भंग गरिएको बताए ।

उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भयो । त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो । यो लोकतन्त्र हुनै सक्दैन ।  लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै संसद्ले गर्ने हो । तर बलजफ्ती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?