+
+
Shares

नेपाली कांग्रेस त फुट्यो : केपी ओली

‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोशिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोशिस भएको छ, पर्टीहरू फुटेका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको आरोप लगाए ।
  • मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई फुटाउने प्रयास भएको र अन्य दलहरूलाई पनि फुटाउने कोशिस हुन सक्ने बताए ।
  • अध्यक्ष ओलीले बाहिरबाट हुने षडयन्त्रलाई पराजित गर्दै नेकपा एमाले एकताबद्ध रहने र कसैले पनि एमाले फुटाउन नसक्ने दाबी गरे ।

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको बताए ।

‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोशिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोशिस भएको छ, पर्टीहरू फुटेका छन् ।’

तर एमालेलाई फुट्न नदिने ओलीले दाबी गरे ।

‘कसैले हात हाल्न खोज्दैमा, त्यस्ता बाहिरबाट हात हाल्न खोजियो भने त्यस्ता कुराहरूलाई हामी चिन्छौ,’ उनले भने, ‘त्यस्ता कुराहरूलाई हामी पराजित गर्छौ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?