+
+
Shares

काठमाडौं-धनगढी उडानको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
  • ककपिटमा धुवाँको सङ्केत देखिएपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको महाप्रबन्धक श्याम किशोर साहले जानकारी दिनुभयो ।
  • विमानस्थलमा रोकिएका यात्रुहरूलाई काठमाडौंबाट अर्को जहाज पठाएर गन्तव्यमा पुर्‍याउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ ।

१४ असार, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरू विमानस्थलमै रहेको सो विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।

उनका अनुसार कम्पनीले काठमाडौंबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी लैजाने जानकारी गराएको छ । ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको उनले जानकारी दिए ।

यसबारे थप जाँच भएपछि समस्याबारे स्पष्ट हुने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?