News Summary
Generated by OK AI. Editorially reviewed.- सोनम तोप्देन र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’ ४ मङ्सिरदेखि प्रदर्शनमा आउने पक्का भएको छ।
- अशोक थापामगर निर्देशित यो फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति तथा परम्परालाई मुख्य कथावस्तु बनाइएको छ।
- एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ र बुद्धि तामाङको पनि अभिनय रहेको छ।
काठमाडौं । सोनम तोप्देन र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’ को प्रदर्शन मिति तय भएको छ । अशोक थापामगर निर्देशित फिल्म ४ मङ्सिरदेखि प्रदर्शनमा आउने जनाइएको छ ।
यसअघिको हिट फिल्म ‘खुश्मा’ निर्देशन गरेका थापामगरको यो दोस्रो निर्देशकीय कथानक हो । अभिनेत्री ठकुरीसँग यो उनको दोस्रो सहकार्य हो ।
प्रदर्शन मितिबारे जानकारी दिन निर्माताले मुख्य कलाकारलाई चित्रण गर्दै पोस्टरहरू सार्वजनिक गरेका छन् । पोस्टरमा ती दुई कलाकारलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी छन् ।
प्रतिक्रिया 4