+
+
Shares

सप्तरीका ५ हजार २३५ घरधुरीले बसोबास गरेको ८५ वर्षसम्म पाएनन् लालपुर्जा

नेपाली कांग्रेसका सांसद रन्जित कर्णका अनुसार राजापुर नगरपालिकाका नगरवासीहरू ४३ दिनदेखि आन्दोलनमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजापुर नगरपालिकाका बासिन्दाले ८५ वर्षसम्म लालपुर्जा नपाएको विषयमा सांसद रन्जित कर्णले राष्ट्रिय सभामा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
  • सांसद कर्णका अनुसार राजापुरका ५ हजार २३५ घरधुरी लालपुर्जाको माग राख्दै विगत ४३ दिनदेखि आन्दोलनमा छन् ।
  • २०८० सालमा नापी कार्यालयले जग्गा नापी गरी लालपुर्जा वितरण गर्ने सूचना जारी गरे पनि हालसम्म कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

१५ असार, काठमाडौं । सप्तरीको राजापुरका नगरपालिकाका नागरिकले बसोबास गरेको ८५ वर्षसम्म लालपुर्जा नपाएको विषय संसद्मा उठेको छ ।

नेपाली कांग्रेसका सांसद रन्जित कर्णका अनुसार राजापुर नगरपालिकाका नगरवासीहरू ४३ दिनदेखि आन्दोलनमा छन् ।

‘त्यहाँ ७० विगाहा जग्गा र ५ हजार २३५ घरधुरीले ८५ वर्ष भइसक्यो उहाँहरूले लालपुर्जा पाउनुभएको छैन,’ सांसद कर्णले आइतबार राष्ट्रिय सभाको बैठकमा भने ।

नेपाल सरकारले यसमा कुनै चासो नदेखाएको उनले बताए । २०८० सालमा लालपुर्जा वितरण गर्ने भनेर नापी कार्यालयले सूचना निकालेको स्मरण गरे । तर पछि यो बीचमा यत्तिकै रोकिएको बताए ।

सम्पूर्ण जग्गाधनीलाई लालपुर्जा वितरण गर्न उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?