News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनमा रहेका तीन नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।
- ‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाउँदै ३ लाख १६ हजार ९३० पटक हेरिएको छ ।
- ‘रोल नं १’ को कमाइ १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ पुग्दा ‘आइएम जितबहादुर’ ले ३१ लाख ७ हजार रुपैयाँ मात्र कमाएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । आइएम जितबहादुर, रोल नं १ र लालीबजारको कमाइ बाहिर आएको छ ।
जसअनुसार, जितु नेपालको फिल्म ‘आइएम जितबहादुर’ बक्सअफिसमा निकै कमजोर देखिएको छ । सोही अवधिसम्म यो फिल्मले ३१ लाख ७ हजार रुपैयाँ ग्रस कमाएको छ । ९ हजार ६२६ जनाले हेरेका छन् ।
‘रोल नं १’ ले १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ६५ हजार ३०५ पटक हेरिएको छ ।
‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई ३ लाख १६ हजार ९३० पटक हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4