+
+
Shares

नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको अपरिहार्य आवश्यकता भएको बताए ।
  • महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको जानकारी गराइएको छ ।
  • वर्षेनि एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले उल्लेख गरे ।

१५ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता भएको बताएका छन् ।

सोमबार महालेखा परीक्षक कार्यालयको ६८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले सार्वजिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जित हुँदै जानु आवश्यक रहेको बताए ।

उनले वर्षेनि करिब ६ हजार निकाय तथा कार्यालयहरूको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको बताए ।

देशभरका हजारौँ सार्वजनिक निकायको सिमित स्रोत, साधनका बीच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको उनको भनाइ छ ।

सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय नभएको बताए ।

महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन २०८१/८२ मा ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको देखिएको उनले बताए ।

वर्षेनि उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको भनाइ छ ।

उनले भने, ‘वर्षेनि करिब ६ हजार निकाय तथा कार्यालयहरूको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको छ । देशभरका हजारौँ सार्वजनिक निकायको सीमित स्रोत, साधनका बीच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । यस जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने सम्पूर्ण कर्मचारीहरू प्रशंसाका पात्र हुनुहुन्छ ।’

उनले अगाडि भने, ‘यद्यपि सार्वजिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जित हुँदै जानु आवश्यक छ ।’

सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा आधुनिक सूचना प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमताको उपयोग तीव्र रूपमा बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?