+
+
Shares

बाँकेका एसपी अंगुर जिसी लुम्बिनी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ को अवसरमा एसपी जिसी वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी लुम्बिनी प्रदेशको वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
  • प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ मा उनलाई पुरस्कारसहित सम्मान गरिएको छ।
  • जिसीले जिल्लामा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षामा उत्कृष्ट भूमिका निर्वाह गरेकाले सो सम्मान प्रदान गरिएको हो।

१६ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ को अवसरमा एसपी जिसी वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यसवर्षदेखि गरेको बेस्ट इन्भेस्टिकेसन सोकेसमा जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेका थिए ।

ती मध्ये बाँकेका एसपी जिसी सर्वोत्कृष्ट घोषित भएका हुन् । उनलाई पुरस्कारसहित सम्मान गरिएको छ ।

जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?