+
+
Shares

कवाडी बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा, ७ वटा हरिहर भवन पुर्याइयो

त्यस मध्ये ७ वटा ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुर्याइएको छ भने बाँकी ५ वटाको चालकको खोजी भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते २३:०२

असार १६, काठमाडौँ । ललितपुरको सानेपाबाट थप २ वटा ट्रक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

यसअघि आजै साँझ कवाडी बोकेका १० वट ट्रक नियन्त्रणमा लिइएकोमा पछिल्लो २ सहित १२ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ना ६ ख ५२१७ र लु २ ख ६४०२ नम्बरको कबाडी लोड गरिएका ट्रक पनि नियन्त्रणमा लिइएको हो । त्यस मध्ये ७ वटा ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुर्याइएको छ भने बाँकी ५ वटाको चालकको खोजी भइरहेको छ ।

आवश्यक कागजपत्रबिना उपत्यका बाहिर लैजान लागिएको ती ट्रक गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट किर्तिपुरले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?