+
फिफा विश्वकप २०२६ :

डिआर कंगोसँग सजग इंग्ल्यान्ड

२०८३ असार  १७ गते ११:५४ २०८३ असार १७ गते ११:५४

यस विश्वकपमा अफ्रिकन राष्ट्रहरुले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिया टिमहरु स्तब्ध बनिरहेको अवस्थामा कंगो पनि त्यही लक्ष्यमा हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा इंग्ल्यान्ड र डिआर कंगो बुधबार राती पौने १० बजे एटलान्ट स्टेडियममा आमनेसामने हुँदैछन् ।
  • विश्वकपको नकआउट चरणमा पहिलो पटक भेट हुन लागेका यी दुई टोलीबीचको खेल इंग्ल्यान्डका लागि अफ्रिकन राष्ट्रविरुद्धको अपराजित यात्रा कायम राख्ने चुनौती बनेको छ ।
  • पाँच दशकपछि विश्वकपमा फर्किएको कंगो इतिहासमै पहिलो पटक नकआउट चरणमा पुगेको हो भने इंग्ल्यान्ड समूह विजेताका रूपमा अगाडि बढेको छ ।

काठमाडौं । फिफा विश्वकप २०२६ मा नकआउट चरणको खेल सुरु भएपछि नै अनप्रेडिक्टेबल नतिजा आउने र खेलको रोमाञ्चकता बढ्ने क्रम जारी छ ।

पाराग्वेले जर्मनीलाई नकआउट गर्ने देखि मोरक्कोले नेदरल्यान्ड्सलाई हराउनेसम्मको नतिजाले अहिले विश्वकपको चर्चा अझ बढेको छ ।

सन् १९६६ को विजेता इंग्ल्यान्डले राउण्ड अफ ३२ मा अफ्रिकन राष्ट्र डिआर कंगोसँग बुधबार खेल्नेछ र इंग्ल्यान्ड पनि यस खेलमा कंगोसँग सजग हुनेछ । विशेषगरी नकआउट चरणको खेल पेनाल्टीसुटआउटसम्म पुग्ने र नतिजा जुनसुकै टिममा जान सक्ने भएकोले पनि नकआउट चरणको खेल अझ रोमाञ्चक हुनेछ ।

इंग्ल्यान्ड र डिआर कंगोलबीचको खेल नेपाली समय अनुसार बुधबार राती पौने १० बजे एटलान्ट स्टेडियममा सुरु हुनेछ ।

फिफा वरियता हेर्ने हो भने इंग्ल्यान्ड चौथो वरियतामा छ र इतिहासमै दोस्रो विश्वकप खेलिरहेको डिआर कंगोल ४६औं स्थानमा छ ।

यस विश्वकपमा अफ्रिकन राष्ट्रहरुले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिया टिमहरु स्तब्ध बनिरहेको अवस्थामा कंगो पनि त्यही लक्ष्यमा हुनेछ ।

इंग्ल्यान्ड अफ्रिकन टिमसँग ९ खेलमा अपराजित छ । जसमा ५ खेल जित्दा ४ खेलमा बराबरी गरेको छ ।

इंग्ल्यान्डले यसअघि दई पटक अफ्रिकन राष्ट्र विरुद्ध नकआउट चरणमा जित हात पारेको छ । सन् १९९० मा क्यामरुलाई ३-२ र २०२२ मा सेनेगललाई अन्तिम १६ मा २-० ले राजित गरेको थियो ।

ह्यारी केन इंग्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक ११ गोल गरिसकेका छन् र यो संख्या बढाउने लक्ष्यमा छन् ।

कंगोका डिफेण्डर आरोन वान विसाका, एक्सल टुएनजेबेले इंग्ल्यान्डको म्यानचेष्टर युनाइटेडसहित ५ फरक क्लबाट खेलेका छन । योआन वासले यस विश्वकपमा ३ गोल गरिसकेका छन् ।

समूह चरणको प्रदर्शन

इंग्लयान्ड आफ्नो समूहको विजेता बन्दा डिआर कंगोल ८ उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह एलमा रहेको इंग्लयान्ड २ खेलमा जित र १ बराबरीको नतिजासहित ७ अंक जोडेर समूह विजेता बनेको थियो ।

पहिलो खेलमा गोलको वर्षा हुँदा क्रोएसियालाई ४-२ ले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा घानासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

तेस्रो खेलमा पानामालाई २-० ले पराजित गर्दै इंग्लयान्ड समूह चरणमा अपराजित रहेको थियो ।

समूह चरणमा इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले ३ गोल गरेका थिए । उनलाई जुड बेलिङहमले राम्रो साथ दिइरहेका छन् ।

अर्कोतर्फ डिआर कंगोको कथा फरक छ । ५२ वर्षपछि विश्वकपमा पुनरागमन अनी विश्वकपमै दोस्रो सहभागिता । त्यसमा पनि पहिलो पटक नकआउट चरण पुग्दै कंगोले इतिहास रचिसकेको छ । समूह के मा रहेको कंगोले १ जित १ बराबरी र १ हारको निजा निकालेको थियो ।

पहिलो खेलमै उपाधि दाबेदार मानिएको पोर्चुगललाई १-१ को बराबरीमा रोकेपछि कंगोको चर्चा बढेको थियो । त्यसपछि कोलम्बियासँग १-० ले पराजित भएको कंगोले अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै ४ अंक जोडेको थियो ।

समूह विजेता कोलम्बिया र उपविजेता पोर्चुगल भन्दा पछि तेस्रो भएपनि उत्कृष्ट ८ तेस्रो टोलीभित्र पर्दै कंगो नकआउट चरणमा पुगेको हो ।

हेड टु हेड

फिफा विश्वकपमा इंग्ल्यान्ड र कंगोको यो पहिलो भेट हुनेछ । सथै अन्तर्राष्ट्रिय फुटबलमै इंग्ल्यान्ड र डिआर कंगो पहिलो पटक आमने सामने हुने लागेका हुन् ।

प्लेअर्स टु वाच

इंग्लयान्डका लागि यस विश्वकपमा कप्तान ह्यारी केन मुख्य गोलकर्ताको रुपमा देखिँदा जुड बेलिङहम र डेक्लान राइस जस्ता खेलाडीहरु इंग्लिस टिमका लागि महत्वपूर्ण खेलाडीको रुपमा देखिएका छन् ।

थ्री लायन्सलाई अगाडि बढाउनका लागि कप्तान केनको जिम्मेवारी बढि छ । उनले गोल गर्दा समग्र टिमको नतिजा नै परिवर्तन हुन सक्छ । घाना विरुद्ध इंग्ल्यान्डले गोल गर्न संघर्ष गर्दा पानामा विरुद्ध केन र बेलिङहमले नै गोल गरेका थिए ।

फेरि एक पटक इंग्ल्यान्डका लागि केनमाथि सबैको नजर हुनेछ र गोल गर्ने जिम्मेवारी पनि उनिमाथि रहन्छ ।

उता कंगोका लागि इंग्ल्यान्डकै लिग खेल्ने खेलाडीहरुले यस विश्वकपमा पनि राम्रो गरिरहेका छन् । फरवार्ड योआन विसाले कंगोका लागि ३ गोल गरिसकेका छन् र उनी कंगो टिमको हेर्न लायक खेलाडीको रुपमा छन् । यस्तै म्यानचेष्टर युनाइटेडबाट खेलिसकेका आरोन वान विसाका र एक्स टुएनजेबेपनि कंगोलको टिममा महत्वपूर्ण खेलाडीको रुपमा छन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय