+
+
Shares

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेबाट शपथ ग्रहण गरेका छन्।
  • चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।
  • सभापति लामिछानेले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाएर मनोनित हुने ५१ जना सदस्यका विषयमा छलफल गर्ने तयारी गरेका छन्।

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

त्यस्तै आज नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ । रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?