+
+
Shares

शपथ लिन बनस्थली पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य

शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार १७ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज वनस्थलीस्थित पार्टी कार्यालयमा हुँदैछ ।
  • असार ७ गते सुरु भएको रास्वपाको पहिलो महाधिवेशन सहमति जुटाउने प्रयासमा ६ दिनसम्म लम्बिएको थियो ।
  • महाधिवेशनबाट निर्वाचित ९९ सदस्यसहित सभापतिद्वारा मनोनीत हुने ५१ जनाले पार्टीको केन्द्रीय कार्यसमितिमा पूर्णता दिनेछन् ।

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

पार्टी कार्यालय वनस्थलीमा हुने शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो ।

उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?