+
+
Shares
थमन विक हत्या प्रकरण :

एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको छ ।
  • जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको फैसलालाई उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उल्ट्याएको हो ।
  • तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मासमेतले दायर गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको छ ।

१७ असार, जनकपुरधाम । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ ।

उनलाई उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै आदेश सुनाएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?