+
+
Shares

भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा दुई युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा प्रहरीले सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको छ ।
  • लेनदेनको विषयमा असार १५ गते भएको उक्त घटनाको जाहेरीपछि प्रहरीले भरुवा बन्दुकसहित दुई दाजुभाइलाई पक्राउ गरेको हो ।
  • जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।

१७ असार, खोटाङ । ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ ।

लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो ।

असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए । सन्तोष र सन्देश एकाघरका दाजुभाई हुन् ।

राईद्वयलाई जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्वन्धी कसूरमा हिरासतमा राख्ने म्याद अनमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

राईद्वयलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरभन्दा करिब ४० मिटर पर दाउराको थुप्रोमा लुकाइएको अवस्थामा एक थान भरुवा बन्दुक, खैरो व्यागभित्र डब्बामा फलामको १४५ थान टुक्रा, गोलो आकारको चार थान फलाम र सेतो रंगको फलामको १४ वटा टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?