+
+
Shares

जीडब्लूएम ओरा ५ ले जित्यो प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते ११:५१

१८ असार, काठमाडौं । नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अटोमोबाइल बजारमा अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ। जीडब्लूएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत अटोमोबाइल्स भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको हो ।

‘यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रति जीडब्लूएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

ओरा ५ ले ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक बक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ।

यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, ७ वटा एयरब्याग समावेश छ । त्यस्तै अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप र पाँचतारे युरो एनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ।

ओरा ५ ले एक पटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको यात्रा क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास), ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरसहित आधुनिक र सुरक्षित विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसको विशेष प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।

नेपालमा सार्वजनिक भएको छोटो अवधिमै ओरा ५ ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएको छ।

नेपालका लागि जीडब्लूएमका आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि ले विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी तथा हाभल एच ७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। यी नयाँ मोडेलहरूको आगमनसँगै जीडब्लुएमले नेपालमा आफ्नो विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियोलाई अझ सशक्त बनाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?