+
+
Shares

ट्रकबाट २५ करोड बरामद घटना : कारागारबाट फरार भएका ‘फुच्चे’ समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १७:४२

१८ असार, काठमाडौं । २५ करोड घटनामा कारागार परेर फरार भएका ट्रक चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने कुसाङ लामा छन् ।

जेनजी आन्दोलनमा कारागारबाट फरार भएका उनलाई काठमाडौंको नारायणटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरतकुमार थापाले बताए ।

पक्राउ परेका उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ ।

२०८१ चैतमा उनी २५ करोडसहित टोखाबाट पक्राउ परेका थिए । उक्त रकम लिएर उनी चाइना जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?