१८ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीबादतर्फ अघि बढेको जिकिर गरेका हुन् ।
हिटलरको शैलीमा सरकार हिंडेकाले यसको भविष्य समेत नभएको अध्यक्ष सापकोटाको भनाइ छ ।
‘हामी यो सरकारको विरोध गर्न चाहँदैनौं । तर लोकतन्त्रको आवाजहरूलाई दबाउने काम जुन ढंगले कुचेष्टा गरिएको छ । यसले बालेन नेतृत्वको सरकार फाँसीवादतिर लम्किरहेको छ । हिटलरको शैली कपी गरिएको छ । यसले सही ढंगले अघि लैजाँदैन,’ उनले भने ।
विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको कारण नै नेपालमा राणा शासन, पञ्चायती शासन, ज्ञानेन्द्र शाहको शासन ढलेको र अव बालेन्द्र शाहको शासन पनि ढल्न सक्ने चेतावनी समेत दिए ।
‘विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउँदा हिजो राणा पनि हटे, पञ्चायत पनि हटयो । त्यसपछि ज्ञानेन्द शाहको कू पनि हटयो । उहाँले पनि हट्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
प्रतिक्रिया 4