+
+
Shares

एमाले सांसद शेर्पाको माग– सगरमाथा आरोहणका लागि रोयल्टी वृद्धि गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:३१

१८ असार, काठमाडौं । नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिए ।

‘सगरमाथालाई हामीले सजिलो बनायौं । हिरालाई हामीले चाँदीको भाउँमा बिक्री गर्‍यौं । त्यसकारण अब सगरमाथालाई हामीले हिराको भाउमा नै बिक्री गर्नुपर्दछ । र, सगरमाथाको भ्यालु राख्नुपर्दछ । त्यसकारण सगरमाथाको रोयल्टीलाई यो भन्दा पनि बढाउनु पदछ । एउटा कुरा यो हो । अब हिमाल यस्तो अवस्थामा चढ्दै गयो, हिमाल चढ्ने भनेको पहाड चढ्ने वा हाइकिङ जाने जस्तो होइन,’ सांसद शर्माले भने ।

सगरमाथालाई हिराको रुपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति समेत जनाए ।

‘यस्तै अवस्थामा पर्यटन मन्त्रालय आफ्नो नीति, नियम ठिक ढंगले राख्न सकेन पनि २० वर्षमा यो सगरमाथा राम्रो कन्डिसनमा रहँदैन । र संसारमा हामीले बदनामी खेप्नुपर्ने अवस्था रहन्छ । यसप्रति पनि मैले मन्त्रालयको ध्यानाकर्षण गराएँ । हिमालको पर्यटनलाई सरकारको नीति तथा कार्यक्रमले पनि छोएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?