+
+
Shares

कर्णाली दुर्घटना : रातिसम्म खोज्दा गाडी भेटिएन, भोलि बिहानैदेखि फेरि गोताखोर परिचालन हुने

सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिएपनि एकिन संख्या नखुलेको प्रहरीले जननाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते २१:३९

१८ असार, सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुबाहक गाडी बिहीबार अबेर रातिसम्म खोजी गर्दा पनि भेटिएको छैन ।

सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका ६ गोताखोरको टोलीले झन्डै चार घण्टासम्म खोजी गरेको थियो । पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले जानकारी दिए । उनी आफै करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुगेका थिए ।

‘राति भएकाले खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुन: खोज उद्धार कार्य थाल्छौँ’, उनले भने ।

बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११:३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको थियो ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिएपनि यकीन सवार संख्या नखुलेको प्रहरीले जननाएको छ ।

प्रहरीका अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?