१८ असार, काठमाडौं । अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिरुफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ ।
फिफा विश्वकप २०२६ मा शुक्रार बिहान भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपकरुो नकआउट चरणमा पहिलो जित हात पारेको हो ।
स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ ।
ओयाजाबालले दुबै हाफमा एक-एक गोल गर्दा पेड्रो पोरोले एक गोल गरे ।

लस एन्जल स्टेडियममा भएको खेलमा मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।
ओयाजाबालको यो गोल सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा स्पेनको पहिलो गोल समेत हो ।
पहिललो हाफमा स्पेनले गोलका अन्य राम्रा अवसरहरु बनाएपनि अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गर्दा स्पेनले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।
२९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।
यस्तै ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिमक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो । त्यही रिबाउन्डमा यमालले हालेको प्रहार गोलकिपर अलेजान्डर स्लागाले बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफमा दुई गोल थप्यफ ।
पेड्रो पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । स्पेनका लागि यो पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।
त्यसपछि ओयाजाबालले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
यस खेलमा दुई गोल गरेपछि जारी विश्वकपमा ओयाजाबालको गोल संख्यामा ४ पुगेको छ र गोल्डेन बुटको रेसमा दाबेदार बनेका छन् ।
उनले समूह चरणमा उनले साउदी अरेबिया विरुद्ध २ गोल गरेका थिए ।

ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान ६ गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका कप्तान ह्यारी केनले ५-५ गोल गरेका छन् । यस्तै प्रान्सका उसमान डेम्बेलेले पनि ४ गोल गरेपनि २ असिस्ट गरेकोले ओयाजाबाल भन्दा अघि छन् ।
ओयाजाबाल, ब्राजिलमा भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारले समान ४ गोल र १ असिस्ट गरेका छन् । त्यसमा ओयाजबालले कम समय खेलेकोले उनी अघि छन् ।

प्रतिक्रिया 4