+
फिफा विश्वकप २०२६ :

दोस्रो हाफको सुरुमै एनडोएको गोल, स्विटरल्यान्डको अग्रता दोब्बर

२०८३ असार  १९ गते ९:५६ २०८३ असार १९ गते ९:५६

१९ असार, काठमाडौं ।  फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमै गोल गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै स्विस टोलीको अग्रता दोब्बर पारेका हुन् ।

नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् ।

त्यसअघि पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय