+

जोकोभिचले तोडे फेडेररको कीर्तिमान, विम्बल्डनको क्‍वाटरफाइनलमा प्रवेश

२०८३ असार  २१ गते २२:०२ २०८३ असार २१ गते २२:०२

२१ असार, काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् ।

सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए ।

यस जितसँगै उनले विम्बल्डनमा पुरुष एकलतर्फ १०६औं जित दर्ता गर्दै स्विट्जरल्यान्डका रोजर फेडेरेरको कीर्तिमान तोडेका हुन् । फेडेररले आफ्नो विम्बल्डन करियरमा १०५ खेल जितेका थिए ।

जोकोभिच लगातार नवौं संस्करण क्वाटररफाइनल पुग्न सफल भएका हुन् । जोकोभिचले खेलका क्रममा आफ्नो उत्कृष्ट अनुभव र स्तर देखाउँदै आकर्षक ड्रप भलीमार्फत खेल समाप्त गरेका थिए ।

साफुलिनले उत्कृष्ट चुनौती प्रस्तुत गरे पनि टेनिसका सर्वकालीन महान् खेलाडीमध्ये एक जोकोभिचविरुद्ध अन्ततः हार स्वीकार्न बाध्य भए।

नोभाक जोकोभिच विम्बल्डन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय