२२ असार, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिटाडमा घर भत्किँदा तीन जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ४:०५ बजे सुने पार्कीको दुईतले घरको तल्लो भाग भत्किँदा घरभित्र रहेका तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा सुने पार्कीकी १८ वर्षीया छोरी मनीषा, १२ वर्षीया छोरी चाँदनी र २२ वर्षीया बुहारी प्रिया पार्की छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सिनाका अनुसार घाइतेहरुमध्ये प्रियाको अवस्था मध्यम छ भने अन्य दुई जनाको अवस्था सामान्य छ।
घाइते तिनै जनालाई उपचारका लागि केशरपुर स्वास्थ्य चौकी मेलौली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक दिपक रायले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4