२२ असार, काठमाडौं । असार २२ गतेलाई राष्ट्रिय नागरिक अभियान दिवस घोषणा गर्र्नुपर्ने माग गरेको छ ।
राणाशाहीको निरंकुशताको विरुद्ध, लैंगिक असमानता, जातीय विभेद र श्रम शोषणको अन्त्य र सामाजिक न्याय माग गर्ने नागरिक अभियानको सुरुआतकर्ता विदुशी योगमाया न्यौपानेको अगुवाइमा १९९८ साल असार २२ गते ६८ जनाले अरुण नदीमा जल समाधि लिएका थिए ।
यही दिनको स्मरण गर्दै राष्ट्रिय नागरिक अभियान दिवस मनाउने प्रस्ताव नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले गरेकी हुन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘असार २२ गतेलाई राष्ट्रिय नागरिक अभियान दिवस घोषणा गरियोस् भनेर सम्माननीय सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4