+
+
Shares

संसद्‍मा उठ्यो ठोरी नाकामा भारतीय पर्यटकका गाडी रोकिएको विषय

‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि नेपाल–भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन् । यस्तै समस्या पर्सा जिल्लाको सीमा नाका ठोरीमा देखिएको छ,’ उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १२:५५

२२ असार, काठमाडौं । सिमानाका ठोरीमा भारतीय पर्यटकका सवारीसाधन रोकिएको विषय संसद्‍मा उठेको छ ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले यो विषय उठाएकी हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि नेपाल–भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन् । यस्तै समस्या पर्सा जिल्लाको सीमा नाका ठोरीमा देखिएको छ,’ उनले भनिन् ।

यहीँनेर उनले सिमानाका ठोरीमा भारतीय पर्यटकका सवारीसाधन रोकिएको बताएकी हुन् ।

प्राचीन तथा ऐतिहासिक महत्त्व बोकेको सिमा नाका ठोरीमा गत शुक्रबार देखि सशस्त्र प्रहरीले ‘माथिको आदेश भन्दै भारतीय पर्यटकहरूका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाइरहेका छन्,’ उनले भनिन्, ‘ठोरी उदाउँदै गरेको प्रचुर सम्भावना बोकेको एउटा पर्यटकीय गन्तव्य हो सभामुख महोदय। त्यहाँ छोटी भन्सारको भवन छ, तर कर्मचारी छैनन् ।’

पर्यटकका सवारीसाधन रोकिन नहुने उनको आग्रह छ ।

‘भन्सार नकाटेको बहानामा वर्षौंदेखि निश्चित दुरीमा सहज आवतजावत हुँदै आएको स्थानमा सवारीसाधन आवागमन रोकिनु जायज छैन । सरकारले आफ्नो नाकालाई व्यवस्थित गर्ने कि, पर्यटकका सवारीसाधन फर्काइदिने ?’, उनले भनेकी छन्, ‘पर्यटन व्यवसायलाई धराशायी बनाउने कि ढुक्क भएर पर्यटक आउने वातावरण बनाउने ? आफ्नो भएको संरचनामा कर्मचारी राख्न नसक्ने अनि भन्सार नकाटेको बहानामा पर्यटक फर्काउने विषय स्वीकार्न सकिँदैन ।’

तत्काल यो आदेश सच्याउन गृह मन्त्रालयलाई उनले ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?